adv

लकडाउन प्रभावकारी बनाउन मिक्लाजुङ र माङसेबुङ गाउँपालिकाबीच छलफल

माङसेबुङ, ५ बैशाख । काेराेना भाइरस (काेभिड १९) राेकथाम तथा नियन्त्रण गर्न संघीय सरकारले घाेषणा गरेकाे लकडाउनलाई प्रभावकारी बनाउन माङसेबुङ गाउँपालिका इलाम र मिक्लाजुङ गाउँपालिका पाँचथरबीच छलफल भएकाे छ ।

दुई गाउँपालिकाबीच सिमाना जाेडीएकाे माङसेबुङ गाउँपालिका वडा नं. ६ र मिक्लाजुङ वडा नं. ५ काे संगम स्थल चिसाेपानी पञ्चमी बजारमा भएकाे छलफलले जारी लकडाउनलाई कसरी अझ प्रभावकारी बनाइ काेराेना संक्रमण रहित बनाउन जाेड दिएका छन् ।

माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगाेकाे संयाेजकत्वमा बसेकाे छलफलमा मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष उर्मिला राई, प्रमुख प्रशासकिय अधिकृत अरूण राई, माङसेबुङ गाउँपालिकाका प्रशासकीय प्रमुख डिल्लीराम सुवेदी, वडा नं. ६ का वडाध्यक्ष प्रदिप साम्पाङ राई, इलाका प्रहरी कार्यालय रविका प्रमुख विजय कार्की, सशस्त्र प्रहरी बल चिसाेपानीका प्रमुख काले बम्जम, इभाङ प्रहरी चाैकी प्रमुख देवराज ढकाल लगायतकाे उपस्थिति रहेकाे अध्यक्ष इदिङगाेले बताए ।

साथै भेलामा स्थानीय बुद्धिजिवी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी बालकृष्ण बस्नेतकाे पनि उपस्थित रहेकाे थियाे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु