काठमाडाै, ५ बैशाख । काेराेना भाइरस (काेभिड १९)का कारण विश्वमा हालसम्म १ लाख ५० हजार ६ सय ३ जनाकाे मृत्यु भइसकेकाे छ । विश्वमा २२ लाख २७ हजार ३८ जना काेराेनाकाे संक्रमण पाेजेटिभ देखिएकाे छ भने ५ लाख ९१ हजार ३ सय ६४ जना निकाे भइसकेका छन् ।

काेराेना भाइरस सुरू भएकाे चीनकाे वूहान शहरमा काेराेना संक्रमण कारण मृत्यु हुनेकाे संख्या अध्यावधी गरिएकाे छ । अध्यावधि गर्दा वूहान शहरमा थप १ हजार २ सय ९० जना थप भएकाे हाे ।
नेपालमा भने शुक्रबार नयाँ १४ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । उदयपुरमा १२ जना र चितवनमा २ जनामा गरी जम्मा १४ जनामा काेराेना देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे फेसबुक पेजमा उल्लेख छ ।
याेसँगै नेपालमा काेराेना संक्रमित संख्या ३० जना पुगेकाे छ । नेपालमा हालसम्म ७ हजार ७ सय २ जनामा काेराेना परिक्षण गरिसकेकाे छ ।


