
पर्सा, ७ बैशाख । काेराेना भारइसर राेकथामका लागि सरकारद्वारा घाेषणा गरेकाे लकडाउनका कारण समस्यामा परेका पर्सा जिल्लाकाे पर्सागढी नगरपालिकामा विपन्न परिवारलाई वितरण गर्न लागिएकाे राहत सामग्री लटपाट गरेकाे आरोमा पाँच जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं ५ का श्याम कुमार शर्मा, सम्सुल हवारी, चन्द्रकिशोर साह, चन्द्रिका पटेल र दर्शन रायभार रहेकाे छन् । पक्राउ परेकाहरुलाई वीरगञ्जस्थित जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

शनिबार पर्सागढी नगरपालिका वडा नं ६ मा लैजाँदै गरेको ८४ पोका राहत सामग्री वडा नम्बर ५ का बासिन्दाले पचरुखी भन्ने ठाउँमा लुटेका थिए ।
एउटा पोकामा दुई किलो दाल, एक लिटर तेल, दुई प्याकेट नुन, दुई वटा डिटोल र दुई वटा कपडा धुने साबुन गरी छ सय रुपैयाँ बराबरको समान रहेको पर्सागढी नगरपालिकाले जनाएको छ ।

