adv

कोरोना भाइरसका कारण अमेरिकामा १० नेपालीकाे मृत्यु

काठमाडौँ, ७ वैशाख । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुने नेपालीको सङ्ख्या १० पुगेको छ ।

तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो । यसअघि बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्कको रिजउडमा र बुधबार उडसाइडमा पवन मल्लको निधन भएको थियो ।

शुक्रबार एक अर्का नेपालीको निधन भएको छ, तर अस्पतालले अधिकारिकरूपमा पुष्टि नगरेको भन्दै परिवारका सदस्यले नाम सार्वजनिक नगरिदिन आग्रह गरे ।

कोरोना भाइरसका कारणले विभिन्न मितिमा निधन हुनेहरुमा अनिल लिम्बू, अजय छेचुंन, निमा टेम्बा शेर्पा, राजकुमार थापा, थोक्मे विस्ट र सोनाम लामा ररेका थिए ।

एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाका अनुसार विश्वव्यापीरूपमा भए जस्तै सङ्क्रमितमध्ये २५ देखि ३० प्रतिशतभन्दा बढी नेपालीले आफूलाई सङ्क्रमणबाट मुक्त गराउन सफल भएको आँकडा रहेको बताए । यसअघि अमेरिकामा करिब ५०० नेपाली सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु