adv

कोरोनाबारे फेसबुकमा गलत हल्ला फैलाउने युवा पक्राउ

इलाम, ७ वैशाख । इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक संजालमा गलत हल्ला फैलाएको आरोपमा एक युवकलाई शनिबार पक्राउ गरिएको छ ।

इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप योङ्हाङ् लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

कोरोना भाइरसको संक्रमणले आक्रान्त बनाइरहेको बेला इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाउने काम गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। शुक्रबार लिम्बूले बिब्ल्याँटेमा कोरोना भाइरस सङ्क्रमित फेला ,अबचाहिँ बाँच्ने आसै मरिसक्यो भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि जिल्लावासीमा आतङ्क मच्चिएको थियो ।

आफ्नो फेसबुक आइडी स्यारोन भाइजान योङ्हाङ्बाट सो स्टाटस पोष्ट गरेका थिए । तर, योङ्गहाङ्गले भने आफ्नो फेसबुक अर्कैले चलाएर सो पोष्ट हालेको बताएका छन् ।

 लिम्बूलाई शनिबार जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रण लिई सोधपुछ गरिरहेको बताइएको छ । साथै गलत सूचना सम्प्रेक्षण नगर्न र जिल्लामा हालसम्म यस्ता सङ्क्रमित फेला नपरेको भन्दै ढुक्क भएर लकडाउनको पालना गर्नसमेत जिल्ला प्रहरी कार्यालय इलामले आग्रह गरेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु