adv

शिक्षक संगठन देउमाइ नगरपालिकाको २० हजार नगर विपद कोषमा

ईलाम,७ बैशाख। नेपाल राष्ट्रिय शिक्षक संगठन देउमाई नगरसमितिले २० हजार रुपैया देउमाई नगरपालिकाको प्रकाेप व्यवस्थापन कोषमा सहयोग गरेको छ ।

कोरोना (कोभिड -१९ ) बाट हुन सक्ने जोखिम न्युनिकरणको सहयोगका लागि संगठनले नगरपालिकाको प्रकाेप व्यवस्थापन कोषमा सहयोग गरेको हो । अध्यक्ष अग्नि दाहालले देउमाई नगर प्रमुख सुर्य पोखरेललाई चेक हस्तान्तरण गरे ।

संगठनले आफनो कोषमा शिक्षकहरुले संकलन गरेको रकम विपद व्यवस्थापनका लागि प्रदान गरेको अध्यक्ष दाहालले जानकारी दिए ।
सहयोग ग्रहण गर्दै नगर प्रमुख पोखरेलले शिक्षकहरुको सहयोगलाई गरिब, विपन्न तथा मजदुरहरुलाई राहत वितरणका लागि खर्च गर्ने प्रतिवद्धता जाहेर गरे ।

यसअघि माई नगर समितिले माई नगरपालिकालाई २८ हजार मुल्य बराबरको खाध्यान्न सहयोग गरेको थियो । पछिल्लो समय राहत र सहयोगमा शिक्षकजन्य संगठनहरुले समेत सक्रियतापुर्वक भुमिका निर्वाह गरिरहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु