adv

माङसेबुङ गाउँपालिकाका सबै वडाहरूमा राहत वितरण सम्पन्न

इलाम, ७ बैशाख । इलामको माङसेबुङ गाउँपालिकाले पालिकाभित्रका ६ वटै वडाका असंगठित क्षेत्रमा कार्यरत श्रमिक र असहायलाई पहिलो चरणको राहत वितरण सम्पन्न गरेको छ ।

गत आइतबार देखिनै राहत वितरण सुरु गरेको गाउँपालिकाले आज आइतबारसम्ममा सबै वडाका एक हजार एक सय ८६ परिवारलाई राहत वितरण गरिएको हो ।

पहिलो दिन वडा नम्बर १, ४ र ६ मा राहत वितरण गरेको हो । गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीसहित वडाअध्यक्ष र जनप्रतिनिधिहरुको उपस्थितिमा वडाका असंगठित श्रमिक, मजदुर र असहायलाई राहत वितरण गरिएको हो ।

वडा नम्बर १ का १ सय ३६ परिवारलाई राहत वितरण गरिएको हो। त्यस्तै वडा नम्बर ४ का २ सय परिवारलाई वडा कार्यालय र सम्बन्धित टोलमा नै राहत वितरण गरिएको थियो । त्यस्तै वडा नं. ६ का एक सय ९ परिवारलाई राहत वितरण गरिएको हो । आइतबार देखि मंगलबारसम्म ३ दिनमा वडाका एक सय ९ परिवारलाई राहत वितरण गरिसकेको वडाध्यक्ष प्रदिप साम्पाङले बताए ।

मंगलबार देखि वडा नम्बर २ र ३ मा राहत वितरण सुरु भएको थियो । पहिलो दिन वडा नम्बर २ का साविकका इभाङ गाविस १, २ र ३ का श्रमिक र असहायलाई राहत वितरण गरिएको  थियो भने बाँकीलाई बुधबार राहत वितरण गरिएको थियो । सो वडाका १ सय २० परिवारले राहत सामग्री पाएका छन् ।

वडा नम्बर ३ मा पनि मंगलबार देखि नै राहत वितरण सुरु गरिएको हो । सो वडाका १ सय ५४ परिवारले राहत पाएका छन् । तर, केहि असंगठित क्षेत्रमा कार्यरत श्रमिक र असहायको राम्रो पहिचान नगरी राहत वितरण गरिएकाले केहि छुटन गएको र उनिहरुलाई पुनः वितरणका लागि स्थानीयले माग गरेका छन् ।

लगत संकलनका क्रममा भएको विवादका कारण माङसेबुङ गाउँपालिका ५ मा स्थगित भएको संगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायलाई राहत वितरण आइतबार गरिएको छ ।

गाउँपालिकाले दिएको निर्देशन अनुसार यसअघि वडाले सिफारिस गरेको नामावली सच्याएसँगै आइतबार राहत वितरण गरिएको हो । माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो, वडा नम्बर ५ का अध्यक्ष नरेन्द्रकुमार राईसहित जनप्रतिनिधिहरुको उपस्थितीमा राहत वितरण गरिएको हो ।

गाउँपालिका भरिका संकटमा परेका १ हजार १ सय ८६ घरपरिवारलाइ ८ प्रकारका खाद्य सामग्री उपलब्ध गराइएकाे हाे । जसमध्ये मध्ये ९ सय ८९ घर परिवार जसको २ जनाभन्दा बढी परिवार संख्या छ सो परिवारलार्र्ई २५ केजी चामल, ३ केजी दाल, २ केजी नुनु, २ लि. खानेतेल, २ केजी मटर, १ केजी सोयाबिन, नुहाउने साबुन २ वटा र लुगा धुने साबुन १ वटा उपलब्ध गराइएकाे छ । २ जनासम्म रहेको २ सय ५ परिवारलाई भने तोकिएको सबै कुराहरुको आधा सामग्री उपलब्ध गराइएकाे हाे ।

गाउँपालिका भरिमा वडा नं. १ का १ सय ३६ घरपरिवारलाई राहत प्राप्त गरेकाे छ । यो संख्या वडाको कुल घरसंख्याको १९.८६ प्रतिशत हो । त्यस्तै वडा नं. २ मा १ सय २० परिवार रहेको छ यो वडाको परिवारसंख्याको १३.७६ प्रतिशत रहेको छ । वडा नं. ३ मा १ सय ५४ परिवार (१८.६९ प्रतिशत), वडा नं. ४ मा २ सय परिवार (४८.०८ प्रतिशत), वडा नं. ५ मा ४ सय ७५ परिवार (७७.४९ प्रतिशत) र वडा नं. ६ मा १ सय ९ परिवार (२०.९६ प्रतिशत) ले राहत पाएकाे माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगाेले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु