adv

मेची अभियानलाई झापा क्षेत्र न १ काठमाडौं सम्पर्क समितिको ४० हजार सहयोग

झापा, बैशाख ७ । आपद विपदको साथि ,यसपटक कोरोना बिरुद्दको अभियानमा सक्रिय मेची अभियानलाइ झापा क्षेत्र न १ काठमाडौं सम्पर्क समितिले पनि नगद ४० हजार सहयोग गरेको छ ।

मेचीनगरका सामाजिक तथा राजनितिक ब्यक्तिहरुको सामुहिक प्रयासमा सञ्चालनमा आएको मेची अभियानमार्फत विपदका कारण अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न सहयोगी हातहरु दिनानुदिन बढ्दै गएका बेला झापा क्षेत्र न १ काठमाडौ सम्पर्क समितिको तर्फबाट सो रकम बराबरको चेक मेची अभियानका संयोजक बिजय डालमियालाई आइतबार समितिका सचिव पदम निरौलाले हस्तान्तरण गरे ।

विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ को संक्रमण नियन्त्रणका लागि नेपाल सरकारबाट घोसित लकडाउन बाट दैनिक ज्यालादारी गर्ने, निम्न आय भएका अति विपन्न परिवारलाई सहयोग पर्‍याउने उदेश्यले संस्थाको तर्फबाट पनि सानो सहयोग गरेको समितिका सचिव निरौलाले बताए ।

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउनका कारण बिपन्न,दैनिक ज्यालादारी गरेर जीबनयापन गर्ने परिवारलाई राहत बितरणदेखि अन्य आवश्यकीय सहयोग गर्नका लागि मेची अभियानलाई बिभिन्न ब्यक्तिहरुले आर्थिक सहयोग उपलब्ध गराउनेक्रम जारी रहेको अभियानका संयोजक डालमियाले बताए ।

डालमियाका अनुसार मेची अभियान मार्फत सहयोग गर्नका लागि देश र बिदेशमा रहेका दाताहरुबाट अहिले सम्म ३ लाख ३६ हजार ५१० रुपैया सहयोग स्वरुप संकलन भइसकेको बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु