adv

झापा मेचिनगरको आधुनिक साकोसद्वारा ५१ हजार नगरको विपद कोषलाई सहयोग

मेचीनगर, ७ बैशाख । झापा मेचीनगरको आधुनिक बचत तथा ऋण सहकारी संस्था लि मेचीनगर नगरपालिकाको विपद् कोषमा ५१ हजार रुपैंया रकम सहयोग गरेको छ ।
आइतबार नगरपालिकमा संस्थाका अध्यक्ष अंगतबहादुर थापा र कार्यालय प्रमुख पारस ओलीले संयुक्तरूपमा उक्त रकम बराबरको चेक नगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई हस्तान्तरण गरेका थिए ।

नोवल कोरोना भाईरस कोभिड १९ को संक्रमणपछि नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण उत्पन्न परिस्थितिका कारण विपन्न समुदायमा हुने खाद्यान्न अभावलाई पूर्ति गर्न नगरपालिकाले कोष खडा गरेको छ ।
अहिलेसम्म कोषमा विभिन्न संघ संस्था ,राजनितीक दललगायतले नगद तथा खाद्यान्न सहयोग गरिरहेका छन् । नगरले एकद्वार प्रणालीमार्फत सम्वन्धित टोल विकास संस्थाको सिफारीसमा प्रत्येक वडा कार्यालय मार्फत राहत वितरण गरीरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु