adv

भारतमा कोरोनाबाट एकैदिन १३०० संक्रमित

नयाँदिल्ली ,८ बैशाख । भारतमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ३ सयभन्दा बढी संक्रमण देखिएको छ । जारी लकडाउन खुकुलो पार्न तयारी भइरहेका बेला कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको संख्या बढेको छ ।

यो सँगै आइतबार साँझसम्ममा भारतमा कुल संक्रमितको संख्या करिब १६ हजार पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार २ सयभन्दा बढी उपचारपछि निको भएका छन् । पाँच सयभन्दा बढीको मृत्यु भएको छ ।

कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भारतमा मार्च २४ देखि लगातार लकडाउन गरिएको छ । तर केही दिन संक्रमणको दर झन् बढेको छ । स्वास्थ्य मन्त्रालले आइतबार पत्रकार सम्मेलनमार्फत भारतका ७ सय २० जिल्लामध्ये विभिन्न २३ प्रदेशका ५६ जिल्लामा विगत १४ दिनमा संक्रमण नदेखिएको जनाएको छ ।

संक्रमण उच्च देखिएपछि सोमबार मध्यरातदेखि लकडाउन खुला गर्ने यसअघिको घोषणा कार्यान्वयन गर्ने/नगर्नेमा अन्योल देखिएको छ । मन्त्रालयले उक्त निर्णय संक्रमण दर उच्च रहेका क्षेत्रमा लागू नहुने बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साता दोस्रो चरणको १९ दिने लकडाउन घोषणा गर्दै अप्रिल २० देखि परिस्थिति हेरेर लकडाउनलाई खुकुलो बनाउने बताएका थिए । त्यहीअनुसार भारतको गृह मन्त्रालयले छुट पाउने क्षेत्र र व्यवसायलाई समेटेर निर्देशिका जारी गरेको थियो । तर आइतबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले त्यस्तो छुट संक्रमणको जोखिम नरहेका क्षेत्रमा मात्र लागू हुने जनाएको छ ।

त्यसैगरी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि आइतबार नै लकडाउनमा तत्काल कुनै छुट नदिने बताएका छन् । पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले पनि लकडाउन खुकुलो बनाउने योजना नरहेको बताएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु