adv

बिर्तामोडमा बजार अबदेखि विहान ८ देखि ११ सम्म खुल्ला हुने

बिर्तामोड, ८ वैशाख । झापाको बिर्तामोडमा अबदेखि विहान ८ बजेदेखि ११ बजेसम्म अत्यावश्यक सामग्री खरिदका लागि समय तोकिएको छ ।

लकडाउन उलङ्घन बढेकाले यसअघिको निर्णय परिवर्तन गर्दै अत्यावश्यक सामग्री किनमेलका लागि विहानको समय तोकेको नगरपालिकाले जनाएको छ ।

खाद्य तथा अत्यावश्यकीय सामग्री खरिद विक्रीका लागि बजार खुल्ने समय परिवर्तन गरिएको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । उनले भने, विर्तामोड नगरपालिकाको आइतबार सम्पन्न बैठकले विहान ८ बजेदेखि ११ बजेसम्म खाद्य पसल खुल्ने र किनमेल गर्न सकिने समय तोकेको हो ।

यसअघि १२ देखि ३ बजेसम्म खाद्य तथा अत्यावश्यकीय सामग्री खरिद विक्रीका लागि समय तोकिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु