adv

आगलागीमा परेर वडाध्यक्षकाे छाेराकाे मृत्यु

 गुल्मी, ८ बैशाख । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरको बसपार्क नजिकैको खनाल स्टोर्समा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । पसल सञ्चालक पूर्ण खनालका छोरा १५ वर्षीय समीर खनालको मृत्यु भएको हो । खनाल बागलुङको बरेङ गाउँपालिका वडा नम्बर–३ बाटाकाचौरका वडा अध्यक्ष समेत हुन् ।

एक्कासी आगलागी सुरु भएपछि बाहिर निस्कन नभ्याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घरका अरु तीन सदस्य र बाहिरका दुई जना गरी पाँच जना घाइते भएका छन् ।

आगलागीबाट पसल सञ्चालक खनाल, उनकी श्रीमती रुपा, छोरा सञ्जय घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले जानकारी दिए ।

घाइतेको शरीरका विभिन्न भाग जलेको छ । घाइतेहरुलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि पाल्पा पठाइएको स्थानीय तेजेन्द्र थापाले बताए । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगो प्रहरी स्थानीयवासी मिलेर नियन्त्रणमा लिएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु