adv

सांसद एलपी साँवा लिम्बुले ३ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराउने

शिवसताक्षी,८ बैशाख ।  झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बुले स्थानीयतहलाई ३ लाख ५० हजार बराबरको ३० हजार सर्जिकल माक्स र ५ कार्टुन सेनेटाइजर उपलब्ध गराउने भएका छन् ।

कोरोना भाइरसले आक्रान्त भएको अवस्थामा नगरका विपन्न समुदायहरु लागि सर्जिकल माक्स र सेनेटाइजर उपलब्ध गराउने सोमबार पत्रकार भेटघाटनमा सांसद साँवाले जानकारी दिए ।

उनले मंगलबारदेखि क्षेत्र नं. ४ का स्थानीय तहलाई सो सामग्री वितरण गराउने जानकारी दिए । साथै स्थानीय तहका प्रत्येक वडालाई १ हजारका दरले माक्स वितरण गर्ने बताए ।

यस अघि आएका राहत अरुका लागि भएपनि यो राहत सामाग्री जनतालाई सोझै दिनका लागि तयारी गरिएको साँसद साँवाले जानकारी दिए । स्थानीय तहले यस अघि पहिलो चरणको राहत सामाग्री वितरण गरिसकेको छ भने दोस्रो चरणको राहत वितरण गर्ने तयारी रहेको छ ।

राहत वितरणमा केही जनताबाट केही गुनासाहरु पनि आएका र साँच्चै पीडित परिवारलाई राहत नपुगेको जानकारी भए त्यसको सुझबुझ गरी राहत सामाग्री उपलब्ध गराउने समेत सांसद साँवाको भनाई छ ।

राहत सामाग्री झापा मोरङ्गका केही साथीहरु र स्थानीय स्तरमा काम गर्ने द रिभरफाउण्डेसन, रविन फाउण्डेसन, कनकाई विल्डर्सलगायतको सानो सानो सहयोगलाई आफुले संयोजककारी भूमिका निर्वाह गरी राहत सामाग्री उपलब्ध भएको सांसद साँवाले जानकारी दिए ।

उनले  सरकारको राहत कोषमा १ महिनाको तलब दिइसकेको जानकारी गराएका छन् भने फेरी क्षेत्र नं. ४ का स्थानीय तहलाई आधा महिनाको तलब बराबरको रकम कोषमा जम्मा गर्ने बताएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु