दमक, ८ बैशाख । झापाकाे दमक नगरपालिका भित्र डिउटी समयमा फिल्डमा खटिएका प्रहरीहरूलाई चिसाे पानि, बिस्कुट र चिया वितरण गर्ने अभियान सुरू गरेकाे छ । “प्रहरि हाम्रो साथि ” अभियान अन्तर्गत सामुदायिक प्रहरी दमककाे साझेदारीमा दमकका स्थानीय युवाहरूले बैशाख ६ गते देखि साे अभियान सुरू गरेकाे हाे ।

काेराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागि सरकारेले घाेषणा गरेकाे लकडाउनलाइ सफल बनाउन फिल्डमा खटिएका सुरक्षाकर्मीहरूकाे सम्मान स्वरूप पानी, चिया वितरण सुरू गरिएकाे स्थानीय युवा पवन विष्टले बताए । दमक ताराबारी देखि, दमक बजार क्षेत्र र पाडाजुङगी पश्चिम क्षेत्रमा साे अभियान सञ्चालन भइरहेकाे छ ।

पूर्व प्रहरी समेत रहनु भएका सामुदायिक प्रहरी दमकका सदस्य माेहन बाेगटीकाे नेतृत्वमा पवन विष्ट, धुर्व थापा, दुर्गा तामाङ, सुमन राई, सन्देश घिमिरे, भेषराज भट्टराई लगायतका स्थानीय युवाहरू अभियानमा जाेडिएका छन् ।
सरकारले घाेषणा गरेकाे लकडाउन (बन्दाबन्दी) लाई पूर्ण रूपमा पालना गरी स्थानीय सरकार र प्रशासनलाई सहयाेेग गर्न समेत सामाजिक सञ्जालमार्फत अनुराेध गरिरहेकाे जनाएकाे छ । याे अभियान सरकारले लकडाउनकाे समय घाेषणा गरेकाे बेशाख १५ गतेसम्म सञ्चालन हुने जनाएकाे छ।

