adv

नेपालमा आज एकैदिन १० जनामा कोरोना पुष्टि, संक्रमित ४१ पुग्यो

काठमाण्डाै ,९ बैशाख ।  नेपालमा मङ्गलबार एकैदिन १० जनामा कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण पुष्टि भएकाे छ । उदयपुरमा थप १० जनालाई आज एकैदिन कोभिड १९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शङ्कास्पद आएपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएकोमा नतिजा पोजेटिभ आएको उहाँले बताउनुभयो छ ।

यसअघि मङ्गलबार नै उदयपुरमा अर्का एक जनालाई सङ्क्रमण भएको पाइएको थियो । यो सहित उदयपुरमा मात्रै सङ्क्रमितको सङ्ख्या २३ पुगेको छ भने देशभर सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । कोरोनाको आशङ्कामा उदयपुरमा तीन सय २० जनाको नमुना परीक्षण गरिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु