adv

माङसेबुङ गाउँपालिकामा कोरोना परिक्षण गरिएको सबै रिपोर्ट नेगेटिभ

माङसेबुङ, ९ बैशाख । माङसेबुङ गाउँपालिका भित्र विदेशबाट आएकाहरुको कोरोना (आरडिटी) परिक्षण गरिएका सबै रिपोर्ट सबै नेगेटिभ आएको छ ।

गाउँपालिका भित्र बिदेशबाट आएर होम क्वारेन्टिनमा बसिरहेका १९ जनामध्ये १८ जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट गरिएकोमा सबै रिपोर्ट नेगेटिभ आएको हो । १ जना भने परिक्षण्मा उपस्थित नभएको जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका इलामको सहयोगमा स्वास्थ्य शाखा माङसेबुङले गत चैत्र १ गते देखि चैत्र १० गतेसम्ममा घर फर्केकाहरुको आरडिटी परिक्षण गरेको हो ।

माङसेबुङ गाउँपालिका वडा नं. १ का ३ जना, वडा नं. २ का ८ जना, वडा नं. ३ को ५ जना र वडा नं. ६ को ३ जना रहेको सञ्चारकर्मी बालकृष्ण बस्नेतले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु