adv

इलामका १८ स्थानमा सशस्त्र प्रहरीको सुरक्षाचौकी

इलाम ,१० बैशाख । भारतसँग सीमा जोडिएको इलामका सीमावर्ती १८ स्थानमा सशस्त्र प्रहरीको अस्थायी चौकी राखिएको छ।

लकडाउनका समयमा पनि भारत र नेपालमा लुकिछिपी मानिसको आवतजावत भइरहेकाले चौकी राखिएको हो।

खुला सीमा भएका कारण बाहिरबाट धेरै मानिस आएकाले सीमा क्षेत्रका नेपाली त्रसित थिए।

भारतसँग सीमा जोडिएको इलामको साढे ५२ किलोमिटर क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको टोली खटाइएको जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकृत सफल पोर्तेलले जानकारी दिए।

उनका अनुसार लुकिछिपी नेपाल प्रवेश गर्नेको व्यक्ति बढेसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको हो। रासस

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु