adv

नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ७,एकै दिन २ जना डिस्चार्ज

काठमाडौँ,१० बैशाख । नेपालमा बुधबारसम्म कोरोना भाइरस संक्रमितहरुको संख्या ४५ पुगेको छ भने ७ जना डिस्चार्ज भएका छन्।

दुई जना संक्रमितको बुधबार डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेहरुको संख्या ७ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।

स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना भाइरसको ४० हजार ४ सय ३१ वटा कुल परीक्षण भएको जनाएको छ। गत चौबीस घन्टामा तीन हजार ७ सय ३६ वटा परीक्षण भएको हो।

पिसिआरबाट ९ हजार ११ जनाको कुल परीक्षण भएको हो भने र्‍यापिड टेस्टबाट ३१ हजार ४ सय २० जनाको परीक्षण भएको हो।

सेती प्रादेशिक अस्पताल कैलालीबाट ४० वर्षीय पुरुषको १९ दिनपछि बुधबार डिस्चार्ज भएको हो भने टेकु अस्पतालमा उपचारका क्रममा रहेका ३२ वर्षीय पुरुषको पनि २९ औँ दिनमा बुधबार नै डिस्चार्ज भएको डा.  देवकोटाले बताए ।

यस्तै हाल देशभर आठ हजार ५ सय ९५ क्वारेन्टाइनमा रहेको र आइसोलेसनमा भने कुल ९५ जना रहेको जसमा उपत्यकाभित्र तीन जना र उपत्यका बाहिर ९२ जना रहेको उनले जानकारी दिए। रेडजोनमा भने देशभर २ सय ६९ जना रहेको उनले बताए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु