adv

नेपाललाई भारतद्धारा कोरोनाविरुद्धको २३ टन अत्यावश्यक औषधि सहयोग

काठमाडौँ, १० वैशाख ।  कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि भारतद्धारा नेपालमा विभिन्न १८ प्रकारका २३ टन अत्यावश्यक औषधि प्रदान गरेको छ ।

भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बुधबार २३ टन औषधि हस्तान्तरण गरेका हुन् ।

काठमाडौंस्थित भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार हस्तान्तरण गरिएका औषधिहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोज गरी कुल ८.२५ लाख डोज छन् । दूतावासले नेपाल भारतको सहकार्य जारी रहने जनाएको छ ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारले गरेको यो सहयोगप्रति ट्वीटरमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद व्यक्त गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु