adv

कोरोनाका कारण अब दमक ५ दिन बन्द हुने

दमक, १० वैशाख।  सम्भावित कोराना भाइरसको जोखिम न्यूनिकरणका लागि झापाको दमक अबदेखि ५ दिन बन्द गर्ने निर्णय भएको छ । नगरपालिकामा आज भएको सर्वपक्षिय छलफलपछि यस्तो निर्णय भएको हो ।
दमक नगरपालिका कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिले सर्वपक्षिय छलफल बोलाएको थियो । नगरपालिकाका प्रमुख रोमनाथ ओलीले सबैको सहमतिमा यो निर्णय लिईएको बताए ।
अब बुधबार र शनिबार ३ घण्टामात्र अतिआवश्यकीय दैनिक उपभोग्य सामाग्रि विक्री गर्ने पसल खुल्नेछन् । सरकारले तोकेको अति आवश्यकीय सेवा भने शुचारु नै रहने जनाईएको छ ।
बिहान ११ बजेदेखि २ बजेसम्म मात्र दैनिक उपभोग्य बस्तु विक्री गर्ने पसल खुल्न पाउनेछन् । तरकारी पसललाई पनि यहि नियम लागु हुने निर्णय भएको छ । घरदैलोमा विक्रीका लागि भने अनुमति लिएकाहरुले पाउने छ । यसले लकडाउन प्रभावकारी बन्ने अपेक्षा लिईएको नगरपालिकाले जनाएको छ ।
बजारमा मुल्यको कुरालाई लिएर जनगुनासो आएपछि लकडाउनको समयमा हुनसक्ने कालोबजारी अनुगमन गर्ने र त्यस्तो गर्नेलाई कार्वाही गर्ने पनि निर्णय भएको छ ।
छलफलमा संघीय साँसद महेन्द्रकुमारी सुब्बा, प्रदेश सभा सदस्य अर्जुन राई लगायत स्थानीय सुरक्षा निकायका प्रमुखहरु र राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

( फोटो : गणेशमान मुखियाको फेसबुकबाट )

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु