
काठमाडाै, १० बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकता भएकाे छ । दुवै पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ गठन गर्ने निर्णय भएको हाे।
लामोसमयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको छ। समाजवादी र राजपाको प्रदेश २ मा संयुक्त सरकार छ भने प्रतिनिधिसभामा दुवै दलको ३४ जना सांसद रहेका छन् ।

