adv

प्रधानमन्त्रीको विरोधमा नेविसंघ सडकमा

काठमाडौं, ११ बैशाख। विवादास्पद अध्यादेश फिर्ता गर्न माग गर्दै नेपाल विद्यार्थी संघले बिहिबार बिहान प्रदर्शन गरेको छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समूहले लकडाउनको समयमा सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेको हो।

प्रदर्शनमा संविधानको मर्म बिपरित ल्याइएको अध्यादेश खारेज गर, केपी ओली सत्ताको उन्मादमा, नेपाली जनता कोरोनको त्रासमा जस्ता नारा लेखिएको प्लेकार्ड सहित र्याली निकालिएको थियो ।

संसद भवन अगाडि सडकमा नेविसंघले प्रदर्शन गर्दै लोकतन्त्रलाई अप्ठेरोमा पार्ने गरि ल्याइएको हुँदा खारेज गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रिएको नेता संविधानसभा सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष  रन्जित कर्णले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु