adv

अमेरिकाको न्युयाेर्कमा २ वटा बिरालोमा पनि कोरोना पुस्टि

काठमाण्डाै ,११ बैशाख । अमेरिकाको न्युयाेर्कमा दुई वटा बिरालोमा पनि कोरोना भाइरस (काेभिड १९) काे सङ्क्रमण पुष्टि भएको छ । सास फेर्न समस्या भएपछि गरिएको परीक्षणमा दुई वटा बिरालोमा कोरोना भएको जनाएको छ ।

सङ्घीय अधिकारीहरुका अनुसार अमेरिकामा घरमा पालिएकाे बिरालाेमा काेराेना भाइरसकाे सङ्क्रमण पाइएकाे याे पहिलाे घटना हाे ।
ती दुई बिरालाेमा कोरोना सङ्क्रमण मानिसबाट नै सरेको आशङ्का गरिएको छ । यसअघि न्युयोर्कको चिडियाघरमा रहेको बाघमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

अमेरिकी अधिकारीहरुका अनुसार जनावर मानिसबाट सङ्क्रमित हुनसक्ने तर अहिलेसम्म पालिएकाे जनावरबाट मानिसमा सङ्क्रमण सर्ने सङ्केत पत्ता लागेकाे छैन । बीबीसी

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु