adv

नेपालमा थप २ जनामा कोरोना पुष्टि,संक्रमित संख्या ४७ पुग्यो

काठमाडौँ,११ बैशाख ।  नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । यो संग संक्रमितको संख्या ४७ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ पाइएको हो ।

बिहीबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले निको हुनेको संख्या ९ पुगेको बताए ।  पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला निको भएर घर फर्केको उनले जनाएका हुन् ।

बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ३४ हजार ५ सय २३ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार १ सय ९९ परीक्षणहरु भएका छन्। कुल दुवै विधिबाट ४३ हजार ७ सय २२ वटा परीक्षणहरु भएका छन्।

त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८६ जना रहेका छन्। काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८६ जना रहेका छन्। क्वारेन्टाइनमा १० हजार ५ सय २३ जना रहेका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु