adv

आजबाट आप्रवासी भिषामा अमेरिका प्रवेश गर्न रोक

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले ६० दिनका लागि आप्रवासन भिषामा अमेरिका प्रवेशमा रोक लगाएका छन्। बुधबार राष्ट्रपति ट्रम्पले जारी गरेको आदेशअनुसार अबको ६० दिन आप्रवासी भिषामा अमेरिका प्रवेशमा रोक लगाइनेछ। यो नियम बिहीबारदेखि लागु हुनेछ।

पहिलेनै आप्रवासी भिषा लिइसकेकाहरुको हकमा भने यो आदेश नियम लागू हुने छैन। अर्थात उनीहरुलाई अमेरिका प्रवेशमा रोक लगाइने छैन। राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार, एड्भान्स परोल, ट्रान्सपोर्टेशन लेटर, उपर्युक्त यात्रा कागजात लगायतका भिषा बाहेक अन्य ट्राभल डकुमेन्टहरु नभएकाहरुलाई पनि अमेरिका प्रवेशमा रोक लाग्नेछ।

अमेरिकाको ग्रिनकार्ड होल्डरहरुको हकमा यो नियमले रोक्ने छैन। ग्रिनकार्डवाहक अमेरिका बाहिर भएपनि अमेरिका आउन सक्नेछन्। त्यस्तै फिजिसियन, नर्स, अन्य स्वास्थ्यकर्मीका रुपमा आप्रवासी भिषामा अमेरिका आउनेहरुलाई पनि रोक नलगाइने जनाइएको छ।

यसैगरी मेडिकल रिसर्च वा अन्य रिसर्चका लागि आउनेहरु, लगानीमा आधारित ग्रिनकार्ड ईबी फाइभमा आउनेहरु, अमेरिकी नागरिकका दम्पत्तिहरु अमेरिकी सेनाका सदस्यहरु वा उनीहरुका दम्पत्ति र छोराछोरीहरु,सरकारको राष्ट्रिय रुचीमा आउनेहरु   र अमेरिकी नागरिकका २१ वर्ष मुनीका बच्चाहरुमा पनि रोक लाग्ने छैन।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु