adv

काठमाडौँ सनसिटीका २ जना कोरोना संक्रमित निको भए

काठमाडौँ,११ बैशाख । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोनाभाइरस संक्रमित निको भएका छन्।

बेलायतबाट फर्केका कोरोना भाइरस संक्रमित ८१ वर्षीया आमा र ५८ वर्षीय छोरा पाटन अस्पतालमा भर्ना भएको १० दिनपछि कोरोना भाइरस मुक्त भएर डिस्चार्ज भएका हुन्।

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङका क्रममा बिहीबार यसबारे जानकारी दिएको हो। यो संगै कोरोना संक्रमित निको हुनेको संख्या ९ जना पुगेको जानकारी दिएको छ।

चैत पहिलो साता बेलायतबाट फर्किएका  उनीहरूलाई केही दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।

उनीहरूलाई वैशाख १ गते र्‍यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएको थियो। त्यही दिन उनीहरूलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु