adv

नेवि संघ झापाको रक्तदानमा ३१ जना सहभागी

दमक,११ बैशाख । लोकतन्त्र दिवस २०७७ को अवसरमा आज नेपाल विद्यार्थी संघ झापा र दमक नगरसमितिको आयोजनामा दमकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेवि संघका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा महासमिति सदस्य मेदनी सिटौलाको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका नेवि संघ जिल्ला उपसभापि भवानी काफ्लेले जानकारी दिएका छन् ।

नेवि संघका विद्यार्थीहरूले लकडाउनको पालन गर्दै रगतको अभावलाई न्यूनीकरण गर्न रक्तदान कार्यक्रम सम्पन्न गरेको उपसभापति काफ्ले बताउँछन् ।

सामाजिक तथा भौतिक दूरी कायम गरी नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकमा नै गएर रक्तदान गरिएको संघका जिल्ला सदस्य सहदेब भट्टराईले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु