दमक,११ बैशाख । झापाको दमकमा एकै परिवारका ३ जनामा कोरोना जाँच गर्दा आरडिटी पोजेटिभ भेटिएको छ ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार एकजना ब्याक्तिमा पोजेटिभ देखिएपछि उनको परिवारका सदस्यहरुलाई पनि जाँच गर्दा थप २ जनामा पनि आरडिटी पोजेटिभ देखिएको हो ।
सो लगत्तै सरकारी दमक अस्पतालमा सरोकारवालाहरुको बैठक बसेको थियो । ३ जना कै स्वाब परीक्षणका लागि धरान पठाईएको र त्यो रिर्पोट आएपछिमात्र थप अघि बढ्ने निर्णय भएको जनाईएको छ ।

यो आरडिटी अर्थात प्रारम्भिक जाँच भएकाले अहिले नै डराउनु वा आतिनु नपर्ने भएकाले स्वाब परीक्षण रिर्पोटपछि थप रणनीति तय हुने नगर प्रमुख ओलीले बताए ।
आरडिटी पोजेटिभ देखिएका ब्याक्ति दुबइबाट एक महिना अघि आएका थिए । उनलाई शुरुमा कुनै पनि लक्षण देखा परेको थिएन ।
अहिले ज्वरो आएपछि उनि अस्पतालमा जाँच गराउन आँउदा आरडिटी पोजेटिभ देखिएको हो, सरकारी दमक अस्पताल श्रोतले भन्यो ।

