काठमाडौँ,११ बैशाख । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ । बिहीबार साँझ थप एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको डा. अधिकारीले जानकारी दिए।

उनलाई भोलि उपचारको लागि विराटनगर लाने तयारी गरिएको छ। मन्त्रालयले उनको यातायात विवरण तयार भइरहेको जनाएको छ। फागुन ३० गते नेपाल आएका उनी सुनसरी उदय पुर हुदै भोजपुर आएका थिए।
गाउँपालिकाकाले पछिल्लो समय विदेशबाट आएका सबैको परीक्षण गर्ने योजना अनुसार परीक्षण गर्ने क्रममा उनमा एन्टीवढी पोजेटिभ देखिएको थियो। चैत ११ गते गते हतुवागढी आएका उनको द्रुत परीक्षण विधि (आरडीटी)बाट जाँच गर्दा पोजेटिभ आएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोडेटारमा आइसोलेसनमा राखिएको थियो।

