adv

हालसम्म झापामा ४१ हजार भन्दा बढी परिवारले पाए राहत

झापा, ११ बैशाख । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अभियान झापामा तीव्ररूपमा अघि बढिरहेको छ । सचेतना अभिवृद्धि, राहत वितरण, कोरोना परीक्षण, लकडाउनको पूर्णपालना गर्ने ,गराउनेलगायतका विषयमा जिल्ला एवं स्थानीय तहस्तरीय विभिन्न अभियान सञ्चालन भइरहेका छन्

स्वास्थ्य, शिक्षा, सुरक्षादेखि आधारभूत आवश्यकता परिपूर्तिका क्षेत्रमा सरोकारवाला निकाय आ–आफ्नो क्षेत्रबाट क्रियाशील छन् ।

झापामा हालसम्म ४१ हजार ५३८ परिवारका एक लाख ६९ हजार ८०८ जनालाई राहत वितरण गरिएको छ । उनीहरुलाई सात लाख ५७ हजार २५० किलो चामल, ९५ हजार १२७ किलो दाल, ५८ हजार ८० किलो नुन, ३८ हजार ४१४ किलो तेल, २९ हजार ८५८ साबुन र चिनी चिउरालगायतका ४९ हजार ९५१ किलो राहत सामग्री उपलब्ध गराइएको जिल्ला समन्वय समितिका प्रमुख एवं कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।

झापाका १५ स्थानीय तहले स्थापना गरेको कोरोना राहत कोषमा हालसम्म रु छ करोड २० लाख ५६ हजार ७४३ रकम जम्मा भएको छ । जसमा स्थानीय तहको रु चार करोड ९३ हजार रहेको छ भने व्यक्तिगत एवं सामाजिक सङघसंस्थाका तर्फबाट रू दुई करोड १९ लाख ६३ हजार ७४३ प्राप्त भएको छ ।

   

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु