adv

अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो –विश्वप्रकाश शर्मा

काठमाडौं, १२ बैशाख ! प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्याएको बताएका छन्। कांग्रेस प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बनधी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

समाजवादी पार्टीका सांसद तथा पूर्व राज्यमन्त्रीलाई डा.सुरेन्द्र यादवलाई अपहरण गरिएको इङकित गर्दै अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्वाहिको प्रतिक्षामा छ देश प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्।

बुधबार बेलुका पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल, नेकपाका संसदहरु महेश बस्नेत र किसन श्रेष्ठले सामावादी पार्टीका सांसद डा। सुरेन्द्र यादवलाई जनकपुरबाट उठाएर काठमाडौँ ल्याएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै प्रवक्ता शर्माले सम्पूर्ण ध्यान र शक्ति कोरोनाविरुद्धको संघर्षमा केन्द्रित गर्न आग्रह गरेका छन्। उनले अहिलेको आवश्यकता नागरिकको जीवनरक्षाको भएको बताएँदै राजनीतिक विवाद फुर्सदका लागि साच्न आग्रह गरेका छन्।

‘प्रधानमन्त्रीज्यू जनताको तर्फबाट आग्रह छ, अब सम्पूर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गरौं, पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौंला’, प्रवक्ता शर्माले लेखेका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु