adv

बिर्तामोड नगरपालिकाको राहत कोषमा एक करोड १४ लाख बढी जम्मा

बिर्तामोड,१२ बैशाख । नेपाल शिक्षक महासंघ बिर्तामोड नगर समितिले ८ वटा विद्यालयबाट संकलित दुई लाख ९० हजार ९५८ रुपैयाँ कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन कोष बिर्तामोडलाई प्रदान गरेको छ।

बिर्तामोडका ८ वटा विद्यालयहरु देवी मावि, महेन्द्र रत्न मावि, मोहनमाया मावि, वीर अमरसिंह प्राविधिक मावि, सरस्वती मावि, साङ्गवेद संस्कृत मावि, लक्ष्मी आधारभूत विद्यालय र चमरधाप आधारभूत विद्यालयबाट रकम संकलन गरी हस्तान्तरण गरेको हो ।

महासंघका नगर अध्यक्ष युवराज कट्टेलले नगरप्रमुख शिवाकोटी र प्रशासकीय अधिकृत पशुपति खतिवडालाई रकम हस्तान्तरण गरेका हुन् । यसरी नै बिर्तामोडका अधिकृतस्तरका शिक्षकहरुको ५ दिनको र अन्य शिक्षकहरुको ३ दिनको तलबवापत ३ लाख ५२ हजार १०४ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

यसैबीच तक्षशिला एजुकेशन फाउण्डेशनले ५१ हजार रुपैयाँ प्रदान गरको छ । फाउण्डेसनका सञ्चालक दीपक गिरी र मनिष गिरीले शुक्रबार नगरप्रमुख ध्रुबकुमार शिवाकोटीलाई कोषका लागि रकम हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाको कोषमा जामे मस्जिद मनोबरा बिर्तामोडबाट ३१ हजार ,गरामनी कृषि सहकारी संस्था लिमिटेडबाट १५ हजार, मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडबाट २५ हजार, बिर्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेड ११ हजार १११ रुपैयाँ जम्मा भएको नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिएका छन् ।

विभिन्न सामाजिक, शैक्षिक एवम् व्यवसायिक प्रतिष्ठानहरुबाट आर्थिक तथा जिन्सी सहयोग जुट्ने क्रम जारी रहेको छ । हालसम्म नगरले स्थापना गरेको कोषमा नगद र बस्तुगत सहयोगसहित एक करोड १४ लाख ८२ हजार ४ सय २ रुपैयाँ जम्मा भएको छ भने नगरको ५० लाखसहित कोषमा नगर एक करोड ६ लाख ८९ हजार ४ सय २ रुपैयाँ जम्मा भएको नगरले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु