
काठमाडौं, १३ बैशाख । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो ।
यस अघि बैशाख १८ गतेसम्म ‘हवाई उडानहरु स्थगित गरिएको थियो । हवाई उडानलाई १५ दिन लम्ब्याउने निर्णय भएको हो ।

