adv

सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा पूर्वसचिव भीम उपाध्याय पक्राउ

काठमाडौं, १३ बैशाख ! पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले बुधबार साँझ उपाध्यायलाई ललितपुरबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरबाट अफवाह फैलाउने गरी प्रचारबाजी गरेको भन्दै उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।

उपाध्यायलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा राखिएको छ। सामाजिक सञ्‍जाल फेसबुक र ट्वीटरमा उपाध्याय सक्रिय रहँदै आएका छन्।

साइबर अपराधको कसूरमा बिहीबार जिल्ला अदालत काठमाडौंमा उपाध्यायलाई उपस्थित गराइने स्रोतले बतायो। कान्तिपुरबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु