adv

देशका अन्य स्थानबाट मेचीनगर प्रवेश गर्नेको हातमा “होम क्वारेन्टाइन छाप” लगाइने

झापा । झापाको मेचीनगर नगरपालिकाले देशका अन्य स्थानबाट नगरपालिका प्रवेश गर्ने जो कोहीको हातमा ‘होम क्वारेन्टाइन लेखिएको छाप‘ लगाइने भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने अवस्थालाई ध्यानमा राखेर मेचीनगर नगरपालिका प्रवेश गर्नेलाई पुर्व पश्चिम राजमार्गको मेचीनगर १३ स्थीत चारआली चोक पश्चिम पट्टि बिशेष निगरानी गरेर मात्रै प्रवेश गर्न दिईने ब्यवस्था मिलाईएको मेचीनगरका नगरप्रमुख बिमल आचार्यले बताए  ।

नगरप्रमुख आचार्यका अनुसार लकडाउनको समय लम्बिदैं जाँदा काठमाण्डौ सहित देशका बिभिन्न भागबाट घर फर्किनेक्रम बढेको अवस्थामा कोरोनाको जोखिमलाई न्यूनिकरण गर्न नगरपालिकाले आफ्नो नगरमा आउने सबै जनालाई चारआलीमा नै स्वास्थ्य परिक्षण लगायतका ब्यवस्थापन गरेर मात्रै प्रवेश गर्न दिईने भएको छ ।

मेचीनगरका नागरिकको हकमा स्वास्थ्य परिक्षण, २१ दिने होम क्वारेन्टाईन बस्न फारम भराउने, होम क्वारेन्टाईन बस्ने मानिस भनेर चिनिने गरी हातमा छाप हान्ने र सम्बन्धी वडा कार्यालयको जिम्मामा सुरक्षीत बस्ने गरी घर पठाउने ब्यवस्था शुरु गरिएको र भारतसंगको नाका बन्द रहेकाले पश्चिम तर्फको नाकामा मात्र बिशेष कडाइ गरिने भएको हो ।

झापामा कोरोना भाइरसको संक्रमण देखा परिसकेकाले जोखिम थप बढेको भन्दै सबै नगरबासीलाई सुरक्षीत ढंगबाट घरमा बसिदिन र अन्यत्रबाट आएका ब्यक्तिहरुका बारेमा तत्काल नगरपालिकालाई जानकारी गराउन पनि नगरप्रमुख आचार्यले आवहान गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु