काठमाडौँ- नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड १९ को )उच्च जोखिम रहेको देशहरुको सूचीबाट हटाएको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले डब्लुएचओले नेपाललाई उच्च जोखिम रहेका देशहरुको सूचीबाट हटाएर जोखिम भएका देशहरुको सूचीमा राखेको जानकारी दिए।

सरकारको कोरोना भाइरस रोकथाम र नियन्त्रणका प्रयास सकारात्मक देखिएको यसले जनाउने पनि उनले बताए। भारत र चीनको बीचमा रहेको नेपाललाई डब्लुएचओले उच्च जोखिम रहेको देशको सूचीमा राखेको थियो।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ४९ पुगेको छ जसमध्ये १२ निको भएर फर्किसकेका छन्।

