बेतिथिले सीमा नाध्यो, लकडाउनको बेला
कोहिलाई भोग जाग्यो, लकडाउनको बेला
हाट बजार, छरछिमेक विरानो भएकै हो
त्यहिखेरै दाउ लाग्यो, लकडाउनको बेला
खुसी छन्, धमिलो पानीमा माछा मार्नेहरु
हुँदा खानेको निन्द्रा भाग्यो, लकडाउनको बेला
दुई तिहाई नजिकको करामत ठान्नुहोस्
पीडितलाई जाल फ्याक्यो, लकडाउनको बेला
~फिपराज बेघा~

