adv

वीरगन्जमा थप २ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१ पुग्यो

वीरगन्ज, १४ बैशाख । वीरगन्जमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित संख्या ५१ जना पुगको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

पर्सा वीरगन्ज २ र ३ का दुई ५० वर्षीय पुरुषहरुमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको हो । यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको सहायक प्रजिअ बस्नेतले बताए।

ती मध्ये वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय पुरुषलाई प्रहरीले नारायाणी अस्पताल वीरगन्जमा ल्याएको छ । उनी वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका छन्। अर्का वीरगन्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई पनि भर्खरै अस्पताल ल्याइएको छ। उनलाई शंकास्पद ठानी सिदार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो ।

सहायक प्रजिअ बस्नेतका अनुसार कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगन्ज मअहानगरो वडा नम्बर १,२ र ३ का १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो । सो मध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ। जसमा दुई जनाका कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको हो।

कोरोना संक्रमणपछि नारायणी अस्पतालमा उपचार गराइरहेको ३ भारतीय जमातीलाई भने केहीबेरमा डिस्चार्ज गर्ने तयारी अस्पतालले गरिरहेको छ। यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ५१ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु