adv

फिफाको एन्फालाई पाँच लाख अमेरिकी डलर सहयोग

काठमाडौं : विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पाँच लाख अमेरिकी डलर सहयोग गरेको छ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पर्न गएको आर्थिक संकटलाई सहायता प्रदान गर्ने उद्देश्यले फिफाले नेपाललाई ५ लाख अमेरिकी डलर दिने भएको हो ।

फिफाले कोरोनाविरुद्ध लड्न पहिलो चरणमा नेपालसहित आफ्ना २ सय ११ सदस्य राष्ट्रलाई आर्थिक सहयोग घोषणा गरेको छ । भने राहत कोषबाट आफ्ना सम्पूर्ण सदस्य राष्ट्रलाई कुल १ सय ५० विलियन अमेरिकी डलर प्रदान गर्नेछ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पहिलो चरणमा अति प्रभावित राष्ट्रलाई आर्थिक सहयोग प्रदान गरिने बताएका छन् ।

कोरोनाको कारण आफ्ना सदस्य राष्ट्रमा घरेलु लिग र फुटबल गतिविधि ठप्प हुँदा ठूलो आर्थिक घाटा व्यहोर्नुपरेको कारण आर्थिक सहायता प्रदान गर्न लागिएको फिफाले प्रष्ट पारेको छ । कोरोनाले नेपालमा पनि ‘बी’ डिभिजन लिग बीचमै स्थगित गरिएको छ। मोफसलका अन्य फुटबल प्रतियोगिताहरू पनि ठप्प भएका छन्। कतिपय ठूला अन्तर्राष्ट्रि«य फुटबल प्रतियोगिताहरू एक वर्ष पछि सारिएको छ।

फिफाबाट आएको आर्थिक सहयोग सम्बन्धित संघले आफ्ना कर्मचारीको तलबमा खर्च गर्नु पर्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु