
“हनुमान”
रामको लागि
हनुमान थियो ।
लक्ष्मण मुर्छा पर्दा बचायो
तर, तिमीले
तिमीहरु जस्तैका लागि
बचाउने
हनुमान बनाएका छौ कि छैनौं ?
मलाई थाहा भएन
मात्र यति भन्छु
हनुमानको अस्तित्व
रामसँग निश्चित थियो
म हनुमान बन्न सक्दिनँ ।
“गन्तव्य”
हिँड्नेहरु
चढ्नेहरु
यही बाटो हुँदै कहाँ(कहाँ पुगिसके
एउटा पहाड उभ्याएर
छिचल्दैरछिमल्दै अर्को पहाड नाघिसके ।
म अर्थात्
बेसी थुपारेर सिसिफस नियति
आफ्नो गन्तव्य पुग्न नसकी
जहींको त्यहिँ उभिइरहेछु ।
यस मानेमा
राता भालेहरु बाँसेको समय
मेरो कानसम्म आइपुगेको छैन
या मेरो व्यूँझने समय कुन हो रु
म पर्खिरहेछु समयलाई ।

