
काठमाडौं, १४ बैशाख । सरकारले कोरियन भाषा परिक्षा इपिएस पास गरेकालाई कोरीया पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय भएको हो ।

तत्कालको लागि अरु देशका कामदार रोक लगाए पनि कोरिया जान भने अनुमति दिने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो अनुमति दिने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।

