adv

माङसेबुङ गाउँपालिकाले विपद कोषमा पुनः पचास लाख व्यवस्था गर्ने

इलाम, १४ बैशाख । ईलामको माङसेबुङ गाउँपालिकाकाले गाउँपालिकाको विपद व्यवस्थापन कोषमा पुनः पचास लाख रकम व्यवस्था गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आज आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकरले घोषणा गरेको लकडाउनको कारण समस्यामा परेकाहरुका लागि राहात वितरणका लागि सो रकम ब्यबस्था गर्न लागेको हो ।

गाउँपालिकाले यस अघि पहिलो चरणको राहत भने वितरण गरिसकेको छ । पहिलो चरणमा गाउँपालिकाले ११८६ घरधुरीलाई राहत वितरण गरेको हो ।

गाउँपालिकाको निर्णय :

निर्णय नं. १ कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रण गर्नको लागि गाउँपालिकाको विपद व्यवस्थापन कोषमा पुनः पचास लाख रकम व्यवस्था गर्ने निर्णय गरियो ।

निर्णय नं. २ गाउँपालिका तथा जिल्ला बाहिरबाट आएर सामुदायिक क्वारेन्टाइनमा बसेकाहरुलाई आधारभुत खाद्यान्न सामाग्रीहरु गाउँपालिकाले व्यवस्थापन गर्ने निर्णय गरियो ।

निर्णय नं. ३ माङसेबुङ गाउँपालिकाका नागरिकहरु गाउँपालिका तथा जिल्ला बाहिर काठमाडौ उपत्यका लगायत अन्य जिल्लाहरुमा अध्ययन गर्न गएका विद्यार्थीहरु, विभिन्न विकास निर्माण योजना तथा आयोजना लगायत अन्य कलकारखाना उद्योगहरुमा काम गर्न गएका श्रमिक तथा मजदुरहरुलाई गाउँपालिकाले जारी गरेको कार्यविधि, २०७६ अनुरुप राहत गरिने, जसको लागि काठमाडौ उपत्यकामा राधेश्याम लेकालीको संयोजकत्वमा बनेको COVID – 19 राहत वितरण तथा सहयोग समितिसँग र उपत्यका भन्दा अन्य जिल्लाहरुको हकमा सम्बन्धित स्थानीय तहहरुसँग आवश्यक सहयोग र समन्वय गर्ने निर्णय गरियो । साथै राहत वितरणको लागि सम्बन्धित व्यक्तिहरुको लगत संकलन गर्ने समेत निर्णय गरियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु