
काठमाडौं, १४ बैशाख ! सन्चारकर्मी रबि लामिछानेले आफु बिरुद्ध चितावनमा भएको घटनाको उजुरी काठमाडौं लिन मिल्ने तर उहाहरु को नमिल्ने भनेर प्रश्न गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा सो कुरा लेखेका हुन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीस्कार गरेको थियो ।
जसपाका शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरूसहित पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादव जाहेरी दर्ता गर्न टेकु पुगेका हुन् जसपाका शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोल गायतका नेताहरूसहित पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादव जाहेरी दिन टेकु पुगेका थिए।

तर, परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जाहेरी दर्ता गर्न अस्वीकार गरेका छन् । उनी नहुँदा एसपी सोमेन्द्र राठोरले पनि दर्ता गर्न नमिल्ने बताएका थिए । उनले दर्ता गर्ने नै भए घटना भएको भनिएको जिल्ला महोत्तरीमा उजुरी गर्न भनेका थिए ।
उनले फेसबुकमा लेखेका छन्
चितवनमा भएको घटनामा सर्वेन्द्र खनाल कै निर्देशनमा मेरो र युवराजका विरुद्ध काठमाडौमा उजुरी लिन मिल्ने,उहाँहरुको विरुद्धमा नमिल्ने?उजुरी लिएर महोत्तरी पठाउन सकिन्छ तर उजुरी नै नलिन कसरी मिल्ला?कानुन सानालाई मात्रै?अराजकताको खाल्डो यति ठुलो नखान्नुस,पुरिने तापाईहरु आफै हो।

