adv

मेचि अभियान द्वारा पानीटंकीमा अलपत्र परेका नेपालिहरु लाइ खाधन्न वितरण

मेचीनगर । कोरोना बिरुद्दको अभियानमा जुटिरहेको मेची अभियानले आइतबार लकडाउनका कारण भारतको पानीटंकीमा अलपत्र परेका नेपालीको लागी खाद्यन्न् सहयोग गरेको छ ।

अभियानले नेपाल प्रबेश गर्ने भारतिय नाका पानीटंकीमा अलपत्र परेका नेपालीको लागी खाद्यन्न सहयोग गरेको अभियानका संयोजक विजय डालमियाले जानकारी दिए ।अलपत्र अवस्थामा रहेका पश्चिम नेपालका ८७ जना नेपाली दाजुभाइलाई मेची अभियानले खाद्य सामग्री वितरण गर्न सुरु गरेको हो ।

अभियानले चामल ३ सय केजी, खाने तेल १० लिटर, नुन १० केजी, दाल ३० केजी र मसाल २ केजी उपलव्ध गराएको डालमियाले जानकारी दिए । र उनिहरुलाई सुभम होटलमा वस्ने व्यवस्था मिलाइएको पनि वताए ।

विभिन्न आपद विपदको समयमा सामाजिक सेवाप्रति समर्पित मेची अभियानले यो पटक कोरोना बिरुद्दको अभियानलाइ अगाडी बढाउदै बिपन्न,दैनिक ज्यालादारी मजदुरको लागि स्थापना गरिएको फुडबैंकको स्थापना ,साथै राहत वितरणक  साथै विभिन्न ठाउमा डिक्स इन्फेक्सन टनेलको निर्माण गरेको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु