adv

भारतमा कोरोनाबाट आठ सय ८४ जनाको मृत्यु

काठमाडौं,१५ वैशाख । काेराेना भाइरस (काेभिड १९) का कारण भारतमा मृत्यु हुनेको संख्या आठ सय ८४ पुगेको छ ।

यो समाचार तयार पार्दा सम्म पछिल्लो २४ घण्टामा ४८ जनाको  मृत्यु भएको छ भने करिब एक हजार चार सय नयाँ संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या २७ हजार आठ सय ९२ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण ३४२ जना मानिसको मृत्यु भइसकेको छ भने आठ हजार ६८ जना संक्रमित भइसकेका छन् । त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ५१ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि एक सय तीन जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशमा अहिलेसम्म एक हजार आठ सय ६८ जनामा यो भाइरसको संक्रमण देखिँदा २९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा दुई सय ७४ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा ६ हजार एक सय ८५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु