
काठमाडाै, १५ बैशाख । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले स्वास्थ्यकर्मीहरुप्रति सञ्चार माध्यम मार्फत अत्यन्तै अभद्र बोली बोलेको भन्दै आपत्ति जनाएको छ । संघले विज्ञप्ति जारी गरी सचिव कोइरालाको अभिव्यक्ति अशोभनीय र अभद्र भएको बताएको छ ।
मन्त्रालयका जिम्मेवार व्यक्तिले चिकित्सकहरुलाई विभेदीकरण गर्ने, स्थायी-अस्थायी वा करमर भनेर भेदभाव गर्दा माहामारीसँग जुधिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च हुन नसक्ने भन्दै चिकित्सक संघले भनेको छ, ‘समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै असर पार्न सक्जे भएकाले यसबारे गम्भीर विचार गरेर अभियक्ति सार्वजनिक गर्न माग गर्दछ ।’

साथै करार, ज्यालादारीमा चिकित्सकहरु नियुक्त गर्नुको साटो दरबन्दी वृद्धि गरेर स्थायी पदपूर्ति गर्नसमेत माग गरेको छ । एक अन्तरवार्तामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनबारे सोधिएको प्रश्नमा सचिव कोइरालाले उनी करारमा भएको र कुनै पनि बेला हटाउनसक्ने अभिव्यक्ति दिएका थिए ।
मिति : २०७७ बैशाख १५ गते
प्रेस विज्ञप्ति
नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित भएका व्यत्तिःहरुको संख्या ५२ जना पुगि सकेको विद्यमान अवस्थामा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले अत्यन्तै जोखिमका बाबजुद उनीहरुको उपचारका कार्यमा दत्तचित्त भई निरन्तर स्वास्थ्य सेवा प्रवाह गरेर १६ जनालाई निको गराई सकेको व्यहोरा सबैमा विदितै छ ।
यस्तो विषम परिस्थितिमा संलग्न भएका सरुवा रोग विशेषज्ञ चिकित्सकलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवले सञ्चार माध्यम मार्फत अत्यन्तै अशोभनिय र अभद्र बोल्दै अन्तर्वाता दिएकोप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्याकर्षण भएको छ ।
देशभरका सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई अग्रपंतिमा रही यो महामारसिँग जुध्नका लागि सार्वजनिक आवशहव भईरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयको अभिभावकको रुपमा रहेका जिम्मेवार व्यक्तिले नै चिकित्सकहरुलाई विभेदीकरण गर्ने, स्थायी, अस्थायी वा करार भनी भेदभाव गर्ने जस्तो कार्यले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबाललाई उच्च पार्न नसक्ने र समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै अवसर पार्न सक्ने भएको हुँदा यस सम्बन्धमा गम्भिर विचार गरी अभिव्यक्ति सार्वजनिक गर्न नेपाल चिकित्सक संघ माग गर्दछ ।
साथै स्वास्थ्य मन्त्रालय अन्तर्गतका चिकित्सकहरुको स्थायी दरबन्दी न्यून भएको एवं स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा करा, दैनिक ज्यालादारीमा चिकित्सकहरुको नियुक्ति नर्गुको सट्टा स्थायी दरबन्दी वृद्धि गरी तत्काल लोकसेवा आयोगबाट स्थायी पदपूर्ति गर्दै चिकित्सकहरुको मनोबल वृद्धि गर्न समेत नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।
डा. बद्री रिजाल
महासचिव


