adv

लकडाउनलाइ थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं,१५ बैशाख । कोरोना भाइरसको संक्रमणबाट बच्न र नियन्त्रणका लागि जारि लकडाउनलाई थप कडाइ गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशास न कार्यालयहरूलाई निर्देशन दिएको छ।

सोमबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पासबिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो।

गृह मन्त्रालय स्रोतका अनुसार मजदूर तथा डेरामा बसिरहेकाहरूका लागि उद्दार गर्न अनौपचारिकरूपमा साँझ लकडाउन खुकुलो बनाइएको थियो। फेरि सोमबारदेखि सवारीसाधनमा रोक लगाएको गृह मन्त्रालय स्रोतले बतायो ।

नेपालमा लकडाउन बैशाख २५ गते सम्म जारि गरिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु