
काठमाडाै, १५ बैशाख । जापानका प्रधानमन्त्री शिन्जो आबेले थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गरेका छन् । याेसँगै ८४ देशका नागरिकहरूलाई प्रवेशमा प्रतिबन्ध लगाएकाे हाे । यसअघिनै जापानले ७० मुलुकका नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध लगाइसकेको थियाे ।
प्रतिबन्ध घोषणा गरिएका मुलुकमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि रसिया, पेरु र साउदी अरेबिया समेतका राष्ट्रहरू सहित थप १४ राष्ट्रका नागरिकलाई प्रतिबन्ध लगाउनु परेको प्रधानमन्त्री आबेले बताए ।

प्रधानमन्त्री आबेले सरकारको पछिल्लो घोषणा यही बुधबारदेखि लागू हुने जानकारी दिए ।जापानले यसअघि घोषणा गरिएका मुलुकमाथि लागेको प्रतिबन्ध यही अप्रिल ३० मा सकिँदैछ साथै उक्त मितिलाई पनि आगामी मे महिनाको अन्त्यसम्म बढाइएको छ ।

