adv

इलामको सामुदायिक अस्पतालको क्वारेन्टिन कक्ष स्थगन गर्ने निर्णय

इलाम, १५ बैशाख। इलाम नगरपालिकाले इलाम सदरमुकाममा रहेको डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टिन कक्ष स्थगन गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त अस्पतालमा कोभिड–१९ का शङ्कास्पद व्यक्तिका लागि क्वारेन्टिन राखिएको थियो ।

बैठकमा पछि आवश्यकतानुसार विदेशबाट आएका कोरोना भाइरसका शङ्कास्पद व्यक्तिलाई राख्नुपर्ने भएमा तत्कालै तत्सम्बन्धी निर्णय गर्ने गरी पुनः सञ्चालनमा ल्याउने गरी सो क्वारेन्टिन कक्षलाई हिजो आइतबारदेखि स्थगन गर्ने निर्णय गरिएको हो ।

सामुदायिक अस्पतालको क्वारेन्टिन कक्षमा खटिएका स्वास्थ्यकर्मीलाई जिल्ला समन्वय समिति इलामको नयाँ भवनमा इलाम अस्पतालमार्फत तयारी अवस्थामा राखिएको आइसोलेसन, क्वारेन्टाइन कक्षमा सहयोग तथा समन्वयका लागि पठाउने निर्णय गरेको प्रवक्ता ठाकुर श्रेष्ठले जानकारी दिए ।

यसैगरी कोभिड–१९ बाट सङ्क्रमित उदयपुरलगायतका जिल्लाबाहेक अन्य जिल्लाबाट हालसालै घर फर्किआएका व्यक्तिलाई नेपाल सरकार, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट जारी गरिएको सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियम परिपालना गर्नुपर्ने निर्णय गरिएको छ ।

आफ्नो विवरण वडा कार्यालय तथा नजिकको स्वास्थ्यकेन्द्रमा अनिवार्यरुपमा उपलब्ध गराउने गरी सम्बन्धित वडाका वडाध्यक्षको अनुगमन, निगरानी तथा व्यवस्थापनमा आआफ्नो घरमा सेल्फ क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

साथै यसरी सेल्फ क्वारेन्टिनमा बसेका व्यक्तिले रहेका व्यक्तिलाई इलाम नगरपालिकाको जनस्वास्थ्य शाखाले वडा कार्यालय तथा नजिकको स्वास्थ्य केन्द्रमार्फत निगरानी तथा स्वास्थ्य परीक्षणको आवश्यक व्यवस्था मिलाई सम्बन्धित वडाका वडाध्यक्षलाई सहयोग गर्ने निणर्य भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु