ईलाम,१५ बैशाख। ईलाम जिल्ला बाहिर रहेको समस्यामा परेका इलामेली नागरिकहरुलाई यथास्थानमा राहत सामग्री उपलब्ध गराउने निर्णय भएको छ ।
काठमाडौँलगायत विभिन्न जिल्लाबाट आफ्नो घर आउन चाहनेलाई लकडाउनको अवधिभर हाल आफू बसिरहेको स्थानमा सुरक्षितरुपमा रहन बस्न ईलाम जिल्ला समन्वय समिति इलामले अनुरोध गर्ने निर्णय गरेको छ ।
जिल्ला समन्वय समिति इलामका प्रमुख श्री गणेशप्रसाद बरालको अध्यक्षतामा बसेको बैठकले सङ्कट व्यवस्थापन केन्द्र इलामको निर्णयानुसार जिल्लाका केही स्थानीय तहले घर फर्किन पहल गर्ने निर्णय गरेपछि समितिले सो निर्णय गरेको हो ।

हाल आफू बसिरहेकै स्थानमा सुरक्षित रुपले रहे बसेका इलाम नगरपालिकाका नागरिकमध्ये असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई उपलब्ध गराइने राहतसम्बन्धी मापदण्ड, २०७६ को दफा ३ बमोजिमका असङ्गठित क्षेत्रका मजदूर, असहाय, अशक्त, अपाङ्ग र बालबालिकालाई राहत आवश्यक भएमा नगरपालिकाको हेल्प नम्बर ०२७ ५२१५९२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
यस्ता राहत उपलब्ध गराउनुपर्ने व्यक्तिको आवेदन तथा आवश्यक विवरण माग गरी निज हाल बसेकै ठाउँमा राहत उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय भएको छ

